राजनीति

बागमती सरकारले क्यान्सरपीडितले एक लाख सहुलियत पाउने



हेटौंडा, ९ साउन । नेकपा एमालेको तर्फबाट बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त हुनुभएका किरण थापाले आफ्नो कार्यकालको पहिलो निर्णय क्यान्सरपीडितलाई एक लाख सहुलियत प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

आज सपथपछि पदबहाली गर्दै मन्त्री थापाले बागमती प्रदेशभित्रका विपन्न परिवारका क्यान्सरपीडितलाई एक लाख प्रदेश सरकारले सहयोग गर्ने निाणर््य गर्नुभएको हो । विगतमा प्रदेश सरकारले रु ५० हजार सहयोग गर्ने गरेको थियो । ‘विपन्न परिवारका क्यान्सरपीडितलाई ५० हजारबाट बढाएर एक लाख दिने निर्णय गरेको छु,’ उहाँले भन्नुभयो, ‘यसको लागि आवश्यक पर्ने ११ करोड रुपैंया बजेट शुनिश्चितता गर्न मन्त्रीपरिषद्मा प्रस्ताव पेश गर्न आर्थिक योजना तथा मामिला मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेकोछु ।’

उहाँले पदवहाली गर्दै गर्नुभएका ती निर्णयहरु