काठमाडौँ, ९ साउन । अभिनेता राजेश हमाल फिल्ममा फर्किने भएका छन् ।
दिवाकर भट्टराईले निर्देशन गर्ने आगामी एक्सन-थ्रिलरमा हमालले अभिनय गर्ने बुझिएको छ ।
भट्टराईका अनुसार हमालसँग मौखिक सहमति भएको छ । लिखित सहमति हुन बाँकी छ । उनलाई साइन गराएपछि अन्य कास्टलाई टुंग्याउने तयारी छ ।
नाम तय भइनसकेको यो ‘अनटाइटल’ फिल्ममा हमालको शीर्ष भूमिका हुनेछ । यदि लिखित सहमति भएमा ठूलो पर्दामा हमालको पाँच वर्षपछिको पुनरागमन हुनेछ । हमाललाई सुहाउने भूमिका भएकाले उनलाई प्रस्ताव गरिएको भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस्