राजनीति

टीआरसी कार्यदलको बैठक निष्कर्षविहीन



काठमाडौँ, ११ साउन । सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ ।

कार्यदलको सदस्य जनार्दन शर्माका अनुसार आज सिंहदरबारमा बसेको बैठकले सरोकारवालासँग छलफल गरेर सोमबार बस्ने भएको हो । 

उनले भने, ‘सैद्धान्तिक रूपले टुङ्ग्याउने सहमति भएको छ । नमिलेको विषयमा नेतृत्व समक्ष प्रतिवेदन बुझाउने गरी काम भइरहेको छ । व्यवहारिक रूपले शब्दहरू मिलाउने काम बाँकी छ । सरोकारवालासँग थप परामर्श गरेर सोमबार बस्ने गरी बैठक सकिएको छ’, ।