काठमाडौँ, १५ साउन । चिनियाँ राजदूत छन् सोङले सामाजिक सञ्जालमा लेखेको विषयमा सांसदहरूले आपत्ति जनाएका छन् । केही दिनअघि त्रिशूली नदीमा खसेको बस खोजी कार्यको मजाक उडाउँदै राजदूतले सामाजिक सञ्जालमा गरेको टिप्पणीमा सांसदले आपत्ति जनाएका हुन् ।
आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेका सांसद रामहरि खतिवडाले राजदूतले सामाजिक सञ्जालमा लेखेको विषयमा परराष्ट्र मन्त्रालयले बोलाएर स्पष्टीकरण सोध्नुपर्ने बताए ।
उनले भने, “बस नखोज चुम्बक खोज भन्ने गरिएको छ । कमसेकम नेपाललाई आपत पर्दा सहयोग गरौँ । अप्ठ्यारो परेका बेला हाँसीमजाकमा नउडाउ,” “यसमा परराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतलाई बोलाएर स्पष्टीकरण लियोस् ।”
उनले चिनियाँ राजदूतले गम्भीर कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको भन्दै कडा निन्दा गरे ।
प्रतिक्रिया दिनुहोस्