काठमाडौँ, १६ साउन । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सदस्यकाे नाम टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
आज बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल गठन गरेको हो । कार्यदलले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र मनोनयनबारे गृहकार्य गर्ने प्रचार विभागले जनाएको छ ।
केन्दीय कमिटीको आगामी बैठक साउन १८ गतेका लागि डाकिएको छ । सोही बैठकले टुंगो लगाउने बताइएको छ । पार्टीको महाधिवेशनले २९९ मध्ये ९३ सदस्य मात्रै चयन गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्