सम्पादकीय

भरतपुरमा मत जलाएको समाचार संकलन गर्दा सुरक्षाकर्मीद्वार पत्रकार लखेटिए



चितवन, १८ साउन । पहिलो चरणअन्तर्गत ३१ वैशाखमा भरतपुर महानगरपालिका–१९ का मतदाताले हालेको मत मंगलबार जलाएर नष्ट गरिएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको नेतृत्वमा गणनास्थल कभर्ड हल परिसरमा साँझ साढे ४ बजे मतपत्र जलाइएको हो ।

यो वडामा पहिलो चरणको मतदानमा २८ सय ८७ मत खसेको थियो । मतपत्र जलाएको समाचार संकलनका लागि गएका पत्रकारलाई सुरक्षाकर्मीले लखेटेका थिए । मुख्य निर्वाचन अधिकृत न्यौपानेले सुरक्षाकर्मीलाई पत्रकारलाई बाहिर निकाल्न निर्देशन दिएका थिए ।

पत्रकार महासंघ चितवन शाखाले विज्ञप्ति जारी गरी समाचार संकलनमा रोक लगाउने कार्यको भत्र्सना गरेको छ । नयाँ पत्रिकामा समाचार छ ।