सुर्खेत, २१ साउन । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् ।
कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन् । पहिलोपटक उनले गत वैशाख १३ गते विश्वासको मत लिएका थिए । त्यो बेला उनलाई नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले मत दिएको थियो । अहिले यहाँ एमाले–कांग्रेसबिच सत्ता समीकरण बनेको छ ।
४० सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित १० र कांग्रेसको १५ सांसद रहेका छन् । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा रहेसँगै १४ जना सांसदले मुख्यमन्त्रीलाई मत दिनेछन् । यस्तै यहाँ एकीकृत समाजवादी र राप्रपाको १/१ सांसद छन् ।










प्रतिक्रिया दिनुहोस्