काठमाडौँ, १८ साउन । निकै छोटो समयमा चर्चामा रहेकी गायिका शुशिला पाठकले निरन्तर प्रगति गर्दै गएकी छिन् । सबैजसो गीतमा फिट हुनसक्ने गायीका पाठकले यो वर्ष तीज गीत लिएर आएकी छिन् ।
‘सबले गाउँछन एउतै मात्र गीत, म पनि बर माग्छु भगवान शिब सित’ गीत लिएर आएकी छिन् । गीतको म्युजिक भिडियोमा उनकै नृत्य रहेको छ ।
शान्ति प्रियको शब्द रहेको गीतमा राज सागरले संगीत गरेका छन् । गीतमा पाठकका साथै बिनिताको पनि अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन भुवन स्यान्बो तामाङले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्