एजेन्सी, २३ साउन । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन् ।
राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बङ्गलादेशी पत्रिका न्यूएजले समाचारमा उल्लेख गरेको छ ।
शेख हसिनाको सत्ता पतन भएको एक दिनपछि बंगभवनमा भएको संयुक्त बैठकबाट युनुसलाई छनोट गर्ने सहमति गरेर नियुक्त गरिएको समाचारमा उल्लेख छ । राष्ट्रपतिका प्रेस सचिव जोनाल आबेदिनले अन्तरिम सरकारका बाँकी सदस्यबारे राजनीतिक दल र अन्य सरोकारवालासँगको छलफलपछि टुङ्गो लाग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्