एजेन्सी, २४ साउन । दक्षिणी जापानमा बिहीबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।
अमेरिकी जियोलोजिकल सर्वे (युएसजीएस) का अनुसार भूकम्पको तीव्रता ७.१ म्याग्निच्यूड मापन गरिएको छ ।
जापानी सञ्चारमाध्यम ‘एनएचके वर्र्ड’का अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोसिमा लगायतका क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्