सम्पादकीय

विद्युत प्राधिकरणको घाटा झण्डै एक अर्ब



काठमाडौं, १९ साउन । विद्युत चुहावटमा आएको कमी तथा गत माघमा गरिएको महसुल वृद्धिका कारण नेपाल विद्युत प्राधिकरणको बार्षिक घाटा एक अर्ब रुपैयाँभन्दा तल झरेको छ ।

अघिल्लो आर्थिक बर्ष २०७२–७३ मा आठ अर्ब ८९ करोड घाटमा रहेको प्राधिकरणको नोक्सानी गत आर्थिक वर्ष २०७३–७४ मा एक अर्बभन्दा कम भएको प्राधिकरणको प्रारम्भिक लेखा परिक्षण प्रतिवेदनले देखाएको हो ।

विद्युत महसुल वृद्धि, चुहावटमा आएको कमी लगायतले नोक्सानी घटेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

‘विद्युत चुहावटमा आएको कमी तथा गत माघमा गरिउको महसुल वृद्विका कारण नोक्सानी घटेको हो’ उनले भन्नुभयो‘गत आवमा विद्युत महसुल १८ प्रतिशतले वृद्वि गरिँदा नोक्सानी केही कम भएको हो ।’ नागरिकमा समाचार छ ।