काठमाडौं, १९ साउन । नेपाल बायुसेवा निगमले एक विदेशी पाइलटलाई मासिक २६ लाख ५० हजार रुपैयाँ (२६ हजार पाँच सय अमेरिकी डलर) तलब दिएर उपहाप्रबन्धक बराबरको हैसियतमा नियुक्त गरेको छ ।
‘निगमलाई अत्यावश्यक ब्यक्ति’ र ‘प्राविधिक विशेषताले भरिपुर्ण’ भन्दै निगम ब्यवस्थापनले ईटालीका ६६ बर्षीया ग्याब्रिएल एसेन्जो गेबलाई मासिक २६ लाख रुपैयाँ तलब दिने गरी दुई बर्षका लागि नियुक्त गरेको हो । गेबले निगमका जहाज उडाउने काम भने गर्दैनन् ।
उनको काम निमगको जहाज सञ्चालन, चालक दलको तालिम, उडान मापदण्ड र सुरक्षा, नियम पालना लगायत हेर्ने हो ।
उनीजस्तै यही जहाज उडाउने अन्य पाइलटलाई भने निगमले मासिक १ लाख ८० हजार रुपैयाँसम्म तलब दिएको छ। ुनिगमका उच्च अधिकारीको मिलेमतोमा विशेष विज्ञता नभएका शेर्पालाई तलब र उडान भत्तासहित मासिक १० लाख रुपैयाँ दिनेगरी चार वर्षका लागि नियुक्त गरिएको छ,ु निगम उच्च स्रोतले नागरिकलाई उनको नियुक्तिपत्रको प्रतिलिपि उपलब्ध गराउँदै भन्यो, ुयो निगमको नीति–नियमको ठाडो उल्लंघन हो।ु
स्रोतका अनुसार शेर्पाको मात्र योग्यता र अनुभव मेल खानेगरी निगम व्यवस्थापनले गोरखापत्रमा पाइलट आवश्यकताको सार्वजनिक सूचना प्रकाशित गरेको थियो। त्यसपछि शेर्पालाई महाप्रबन्धक तहको निर्णयअनुसार गत जेठ २६ गते नियुक्त गरिएको थियो।
स्रोतका अनुसार निगम व्यवस्थापनले शेर्पालाई मासिक ६ लाख रुपैयाँ तलब तथा प्रतिमहिना ७० घन्टा जहाज उडाए प्रतिघन्टा ६ हजार रुपैयाँ भत्ता दिने गरी नियुक्तिपत्र दिएको छ।
करार सम्झौता अवधि रहुन्जेल तलबभत्ताबाहेक शेर्पा, उनकी श्रीमती, छोराछोरी र अभिभावकलाई निगमका चिकित्सकले प्रमाणित गरे स्वास्थ्य उपचार खर्चबापत ५ हजार रुपैयाँ पनि उपलब्ध गराइने छ । त्यसबाहेक उनलाई दुर्घटना बिमा, निगम जाने जुनसुकै अन्तर्राष्ट्रिय गन्तव्यमा उनी र उनको परिवारलाई वर्षको दुईटा निःशुल्क हवाई टिकटलगायत सुविधा पनि दिइएको छ।
क्याप्टेन शेर्पाले अमेरिकाको ुग्रिनकार्डु समेत लिएका छन्। उनका छोरा अमेरिकी जलसेनाका अधिकृत हुन्। पूर्वसामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विदेशको ग्रिनकार्ड वा स्थायी बसोबास अनुमति लिएका कर्मचारीका लागि ुकि ग्रिनकार्ड कि जागिरु मध्ये एक रोज्नुपर्ने नीति ल्याएपछि निगमले आफ्नो कर्मचारी विनियमावली संशोधन गरी यही नीति अवलम्बन गरेको थियो । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्