राजनीति

एमाले अध्यक्ष देउजाले भने– नेमकिपा न अगुवाई गर्छ न त सहभागिता नै जनाउँछ



भक्तपुर , २६ साउन । हामीले जिल्लामा आ–आफ्नो पार्टीको राजनीतिक दलको नेतृत्व गरिरहेका छौ । त्यसैले विचार, आस्था र सिद्धान्त हाम्रो फरक होला । तर, हामीले राजनीतिक गर्ने र हामी बस्ने भूगोल एउटै हो । यसलाई सफा, सुन्दर र सभ्य भक्तपुर बनाउने दायित्व हामी सबैको हो । हामी अहिले मात्रै होइन, हिजो पनि विपदको वेलामा सबै राजनीतिक दलका नेताहरु एक ठाउँमा संगै उँभिदै आएको कुरा एमालेृ जिल्ला अध्यक्ष वचन देउजाले वताए । उक्त कुरा नेपाल प्रेस सोसाइटीले भक्तपुर डुवान र समस्या समाधानको उपाय विषयक अन्तरकिूया कार्यक्रममा आज सूर्यविनायकमा वताएका हुन ।

उनले – तर, जिल्लाको पुरानो नगरपालिका भक्तपुरले न कहिले यस्ता विषयको अगुवाई गरेको छ न त सहभागिता नै जनाउने गरेको छ । किन अरु राजनीतिक दलहरुसंग उ सहकार्य गर्दैन त्यो थाह छैन भन्दै ैउनले – आफ्नो पार्टी एमाले विपद्धको समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलहरुसंग सहकार्य गरेर अघि बढ्न सधै तयार रहेको र सहकार्य गर्दै आएको वताए ।विपद्ध प्राकृतिक कारणले मात्रै नभएको र जिल्ला अव्यवस्थित संरचना निर्माणको कार्यले पनि निम्ताएको वताउँदै उनले भने – जिल्लाका कतिपय नगरपालिकामा प्लानिङ गर्दा घर निमार्ण त न टाढाको कुरा, त्यो भूगोलमा मान्छे उँभिदा समेत कहालि लाग्ने ठाउँमा प्लानिङ भैराखेको छ । यस्ता अव्यवस्थित प्लानिङ जिल्लाको शिरमा भिरालो ठाउँहरुमा भएको छ । त्यस्ता ठाउँमा उत्खननले जिल्लामा वाढीको त्रास बढाइरहेको छ । यस्ता कार्यलाई नियन्त्रण गर्ने कार्य सम्बन्धीत नगरको जनप्रतिनिधिहरुको नै भएको वताउँदै उनले थपे– हाम्रो पार्टीले यस्ता कार्यलाई नियन्त्रण गर्नेछ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष सुनिल गोठेले –जिल्लामा विपद्धको समस्या समाधानका लागि सबै राजनीतिक दलहरुसंग सहकार्य गर्दै आएको र अहिले पनि आफूहरुले सहकार्यलाई निरन्तरता दिदै आएको वताए । उनले जिल्लाको सबै भन्दा ठूलो नदी हनुमन्ते खोला मापदण्ड अनुसार नभएको वताउँदै उनले भने– खोलाको घलाते एरियामा हनुमन्ते सागुरो भएर वगेको छ । त्यस्तै परे मानिसले फड्किन सकिने अवस्थामा खोला छ । यसमा सम्मन्धी निकायले चासो दिनु पर्ने हो । खोलामा जथाभावी रुपमा फोहोर फाल्ने र फोहोर गर्दा पनि हनुमन्तेले सधै भक्तपुरेलाई वाढीको त्रास फैलिएको वताए । त्यसैगरी रास्वपाका जिल्ला संयोजक रामेश्वर बस्नेतले जिल्लामा डुवानको मात्रै होइन,पहिरोको पनि समस्या रहेको औल्लाए । उनले भने– विकासको नाममा मापदण्ड विपरीतका संरचनाहरु कतिपय ठाउँमा निमांण भएका छन । कतिपय गाउँ टोलको बस्ती नै जोखिममा परेको वताए । उनले भने – हामी अर्थात हाम्रो पार्टी रहेक प्रकारको विपद्धमा सबै राजनीतिक दलहरुसंग सहकार्य गरेर अघि बढ्न तयार छ । कार्यक्रमा जनता समाजवादी पार्टी जसपाका जिल्ला अध्यक्ष राजाराम ढुकुछुले पनि विपद्धमा सहकार्य गरेर अघि बढ्न आफ्नो पार्टी तयार रहेको वताए ।

सोसाइटीका अध्यक्ष पत्रकार उपेन्द्र केसीको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार कृष्ण किसीले विषय उठान गरेका थिए । दीपेन्द्र राज खत्रीले संचचालन गरेको कार्यक्रममा सहभागी संचारकर्मीहरुले डुवान र पहिरोसंग सम्बँधीत रहेर विभिन्त्र प्रकारका प्रश्नहरु राखेका थिए । सहभागी पत्रकारहरुले राखेको प्रश्नको जवाफ एमाले अध्यक्ष देउजाले दिएका थिए ।