राजनीति

माओवादी केन्द्र कार्यकारी राष्ट्रपतिको एजेण्डा अघि बढाउँदै



काठमाडौ २७ साउन । नेकपा माओवादी केन्द्रले कार्यकारी राष्ट्रपतिको एजेण्डालाई अघि सार्ने भएको छ ।
जारी स्थायी कमिटीको बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतिको विकल्प नभएको संस्थागत धारणा भएको बताए ।
उनले भने, ‘कार्यकारी राष्ट्रपतिमा जानुपर्छ भन्नेमा अडिग छौं । हामीले हिजो नोट अफ डिसेन्ट पनि लेखेका थियौं । अहिले हामीले संस्थागत रुपमा पनि उठाएका छौं । यहाँ अस्थिरताको कुरा गरिँदैछ । कांग्रेस र एमालेले स्थायित्व नै चाहेको हो भने पाँच वर्षसम्म महाअभियोगको कुरा त हुन्छ, तर राष्ट्रपति फेरिँदैन । त्यसले मात्रै स्थायित्व दिनसक्छ ।

प्रवक्ता सापकोटाले अध्यक्ष प्रचण्डले पनि यही कुरा राखेको भन्दै यही आधिकारिक र पार्टीको संस्थागत निर्णय भएको बताए ।