काठमाडौँ, २८ साउन । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले कुवेतमा काठमाडौँबाट सिधा उडान गर्ने भएको छ ।
२० अगस्ट २०२४ देखि कुवेतमा आफ्नो सिधा उडान सुरु गर्ने कम्पनीले जनाएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको अधिक माग सम्बोधन गर्दै हिमालयले पुनः उडान सुरु गर्न लागेको बताएको छ ।
कम्पनीले कुवेतका लागि जनरल सेल्स एजेन्टका रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ । सुरुमा काठमाडौँ –कुवेत– काठमाडौँ हवाई मार्गमा सातामा एक उडान हुने भएको छ । मागका आधारमा उडान थप्ने योजना रहेको समेत कम्पनीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्