काठमाडौँ, २८ साउन । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मुसिकोट नगरपालिका वडा नम्बर– ५ आँपचौर निवासी ३१ वर्षका रमेश लामिछानेको मृत्यु भएको हो ।
लामिछाने अरिङ्गाल पोल्न रुखमा चढेका थिए । सोही क्रममा अरिङ्गालले टोक्दा उनी रुखबाट लडेका थिए ।लामिछानेको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्