काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले हामी तलब खाएर दिन कटाउन होइन, जिम्मेवारी लिएर परिणाममा पुर्याउन आएका हौं भन्ने बुझ्पर्ने बताउनुभएको छ ।
अबका दिनमा कानुनमात्र सुधार गरेर जनताको अपेक्षा पुरा गर्न नसकिने उल्लेख गर्दै उहाँले एउटा ठाउँ वा एउटा पक्ष मात्र बिग्रेर देश बिग्रने होइन, बिग्रेको सबै सुधार हुनुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा कर्मचारी सरकार तथा सम्बन्धित निकायले नतिजामुखी कार्य गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘हामीले हिजो गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको समीक्षा र चालु आर्थिक वर्षमा सञ्चालन हुने योजना र पूर्वतयारीबारे छलफल गर्यौं । यसपाली प्रधानमन्त्रीरमन्त्रीरमुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रमहरु बन्ने छैनन् । काम गर्दै जाँदा हामीमा केही अनुभव थपिएको छ ( अब कानुन मात्र दिएर हुँदैन, काम हुनु पर्छ । एक ठाउँ मात्र सुध्रिएर पुग्दैन, सबै ठाउँ सुध्रिनु आवश्यक छ । एउटा ठाउँ वा एउटा पक्ष मात्र बिग्रेर देश बिग्रने होइन, बिग्रेको सबै सुधार हुनु पर्छ । हामी तलब खाएर दिन कटाउन होइन, जिम्मेवारी लिएर परिणाममा पुर्याउन आएका हौं भन्ने बुझौं ।’
प्रतिक्रिया दिनुहोस्