राजनीति

राष्ट्रिय युवा संघ भक्तपुरद्वारा सिडिओलाई गम्भीर ध्यानाकर्षण



भक्तपुर, ३२ साउन । नेकपा (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ जिल्ला कमिटी भक्तपुरले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

आज संघका अध्यक्ष रविन थापाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई हिजो गठ्ठाघरमा भएको दुर्घटना र आगामी दिनमा सडक दुर्घटना कसरी गर्न सकिन्छ, समस्याहरु के के छन्, समाधानका उपायहरु के के हुन ? लगायतका विषयमा ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले हिजो गठ्ठाघरमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्दै युवाहरुले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले भिडलाई थप आक्रोसित भएको भन्दै सहजिकराको लागि संघका नेताा तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । स्थानीयवासीले प्रशासनलाई सहयोग गरी समस्या समाधानको बाटोमा अगाडी बढ्नुपर्नेमा थप उत्तेजित बनाउने कार्य भएको भन्दै उहाँले गल्ती गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो गठ्ठाघरमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्दछु । युवाहरुले सामाजिक सञ्जालमा दिनुभएको अभिव्यक्तिले आन्दोलन थप उत्तेजित बन्न पुग्यो । जसले गर्दा अप्रिय घटना घट्ने स्थिती बनिसकेको थियो । तर हामीले सम्यमता अपनाएर ठूलो क्षतीहुनबाट जोगायौं । युवाले भिडलाई थप उत्तेजित बनाउने नभई सहजिकरण गर्नुपर्छ । तसर्थः गल्ती गर्नेलाई कानुनको दायरामा ल्याइनेछ । प्रहरी होस् वा ड्राइभर वा अन्य जो सुकै भए पनि कानुनी कारवाही हुन्छ ।’

ट्राफिक प्रहरीले गर्ने चेकिङको विषयमा केही जेटिलता देखिएको उल्लेख गर्दै उहाँले जटिलतालाई कानुनी प्रकृयाबाट समस्या समाधान गरी अगाडी बढ्ने उल्लेख गर्नुभयो । कानुनी राज्यलाई सवैले मान्नुपर्ने बताउँदै उहाँले युवालाई सकारात्मक काममा भूमिका दिनुपर्नेमा जोड दिनुभयो । हिजोको दुर्घटनाबाट मृत्यु भएको परिवारलाई क्षतीपूर्ति दिलाउने प्रकृया अगाडी बढिसकेको उल्लेख गर्दै गाडी साहुलाई खोजि कार्यमा सहयोग गर्न युवा संघलाई आग्रह गर्नुभयो । सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक लाईट, जेब्रा क्रसिङ, स्पिड चेकिङलगायतका कार्यहरुलाई सरकारले विशेष ध्यान दिर्य समाधानको उपायहरु गरिरहेको बताउनुभयो ।

संघका अध्यक्ष थापाले हिजोको घटनामा संघका नेता तथा कार्यकर्ताले सरकारलाई सहयोगि भूमिका खेलेको स्मरण गराउनुभयो । ट्राफिकलाई ड्रेस नै परिवर्तन गरी संघले थप दुर्घटना हुन नदिने विशेष सहयोग गरेको उल्लेख गर्दै उहाँले मध्यपुर क्षेत्रमा सडक बक्तिको व्यवस्थापन भएता पनि सूर्यविनायक र भक्तपुर नगरपालिका क्षेत्रका सडकमा बक्ति, ट्राफिक लाईट नहुँदा बढि दुर्घटना भएकाले उक्त कुराहरुको व्यवस्थापन गरिदिन आग्रह गर्नुभयो । उक्त क्रममा संघका केन्द्र तथा जिल्लाका नेतृत्वहरुको सहभागिता रहेको थियो ।