राजनीति

रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर



काठमाडौँ, २ भदौ । नेपाल प्रहरीका पूर्व डीआईजी  रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको छ ।

खरेलविरुद्ध आइतबार सामाजिक  अभियन्ता युवराज सफलले मुद्दा दर्ता गरेका हुन् । अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् ।

खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी लाखौ रुपैयाँ रकम कमिसन लिएको कुरा बताएको सफलको दाबी छ ।

कानुनले वास्तविक  सुराकीकर्तालाई सुराकी गरेवापत  निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलले लगाएका छन् ।