काठमाडौँ, ४ भदौ । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड पुगेका भक्तजन धार्मीककार्य सम्पन्न गरी धमाधम आफ्नो गन्तव्यतर्फ फर्कन थालेका छन् ।
प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार आज जनैपूर्णिमा पर्वका दिन आठ हजारभन्दा बढी भक्तजनले गोसाइँकुण्डमा स्नान तथा पूजाआजा सम्पन्न गरी फर्किएका छन् । नाग पञ्चमीदेखि जनैपूर्णिमा पर्वसम्म आइपुग्दा ११ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको हो ।
व्यक्तिगत सवारीसाधन प्रयोग गर्ने तीर्थयात्री रसुवाबाट बाहिरिसकेका छन् भने सार्वजनिक यातायात प्रयोग गर्ने तीर्थयात्रु भने बस तथा माइक्रो पर्खाइमा रहेका छन् । मेलामा आउने यात्रुलाई सहज तुल्याउन लाङ्टाङ राष्ट्रिय निकुञ्जले २४ सैं घण्टा आफ्नो आधार इलाकाको मोटरबाटो खुला गरेका कारण राति अवेरसम्म यात्रुवाहक सवारी साधन सञ्चालनमा आएका छन् ।










प्रतिक्रिया दिनुहोस्