काठमाडौँ, ४ भदौ । अभियन्ता भारती सिलवालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धेरै वर्षअघि लगेको आफ्नो एक पुस्तक फिर्ता गर्न आग्रह गरेकी छन् ।
आज काठमाडौँमा नेपाली कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै सिलवालले गिरीको योगदानको चर्चा गर्दै सभापति देउवालाई उक्त पुस्तक फिर्ता गरिदिन आग्रह गरेकी हुन् ।
उनले भनिन्, ‘शेरबहादुरजीले मेरो लानुभएको त्यो कृष्णमुर्तिको किताब । उहाँ गृहमन्त्री पनि भइसक्नुभयो’, ‘पाँच चोटी प्रधानमन्त्री पनि भइसक्नुभयो । अझ छैटौँ पटक प्रधानमन्त्री हुने सम्भावना छ । तर, उहाँले मेरो किताब फर्काउनुभएको छैन । म त्यो किताबको प्रतीक्षामा छु ।’
सिलवालले १९९० तिर देउवाले आफ्नो कोठाबाट जयकृष्णमुर्तिको किताब लगेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्