राजनीति

भ्रष्टाचार निवारण विधेयकमा छिटो टुङ्गोमा पुग्न गृहमन्त्री लेखकको आग्रह



काठमाडौँ, ५ भदौ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक छिटो पारित गरिदिन आग्रह गरेका छन् ।

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विधेयकमा संशोधन गर्ने वा छलफल गर्ने कुरा पहिचान भएको भन्दै अब टुङ्गोमा  पुर्याउन समितिलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘केही विषय पहिचान भएका छन्, दफावार रूपमा पहिचान भएका बुँदामा समितिले छलफल गर्न पर्छ ।’ 

विधेयकमा दफावार छलफल गरेर छिटो निर्णयमा पुग्न जरुरी  भएको उनको तर्क थियो । तर विधेयक पारित गर्ने या नगर्ने समितिको अधिकार भएको उनले बताए ।