भक्तपुर, ६ भाद्र । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिरमा आज बिहानैदेखि चारै ढोका खुलेका छन । आज भदौ ६ डोलेश्वरलाई केदारनाथको शिर भाग घोषणा गरिएको दिनका अवसरमा बिहानैदेखि मन्दिरका चारै ढोका खुला गरिएको हो ।
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार, आज मन्दिरका चारै ढोका खुला गर्नुका साथै भक्तजनलाई शिला छोएर पूजा गर्ने व्यवस्था गरिएको छ ।
समितिका अध्यक्ष बस्नेतका अनुसार, डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने व्यवस्था गरिएको छ ।
यसैबीच डोलेश्वर महादेव मन्दिरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला पनि आज समापन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्