समाचार

मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला



काठमाडौँ, ७ भदौ । मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला परेको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १६ जनाको जिवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको छ ।

शुक्रबार बिहान पोखरा हुँदै काठमाडौँ आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनीबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

उक्त बसमा ४१ यात्रु सवार रहेको खुलेको छ । यात्रुबारे थप विवरण आउन बाँकी छ ।