काठमाडौँ, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनले रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिन नहुने बताउँदै ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनुपर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै प्रधानमन्त्रीले बक्यौता उठाउनुपर्ने बताएका हुन् । उनले रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिन नहुने बताउँदै ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुल उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको बताउँदै तर यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भनेर प्रश्न समेत गरेका छन् ।
यस्तो छ प्रधानमन्त्री ओलीको स्टाटस्-
६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनु पर्छ ! केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुल उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको छ। तर सरकारको कुरा यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो ।
उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्याई उद्योगहरुबाट बक्यौता उठाउनै पर्छ, रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैन। ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्छ।
प्रतिक्रिया दिनुहोस्