मनाङ, २१ साउन । सुविधासम्पन्न भवन र प्रर्याप्त कक्षा कोठा छन् । पढाउनका लागि शिक्षकको दरबन्दी पनि छ तर मनाङ जिल्लाको ङावलमा रहेको ङावल निमन माध्यमिक विद्यालयमा विद्यार्थी भने छैनन् ।
हिमाली क्षेत्रका नागरिकलाई शिक्षा दिने उद्देश्यले २०३९ सालमा स्थापना भएको यस विद्यालयमा हाल एक जना मात्र विद्यार्थी अध्यनरत छन् । तीन वर्ष जति भयो विद्यालयमा विद्यार्थी नै आएका छैनन्, विद्यालयका प्रधानाध्यापक कान्छा प्रजापतिले भननुभयो, साह्रै नै शुनय भएर यस वर्ष कक्षा १ मा एक जना विद्यार्थी टिकाएका छौँ ।उनका अनुसार बाल विकास केन्द्रमा भने तीन जना बालबालिका आउने गरेका छन् । गोरखापत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्