काठमाडौँ, ११ भदौ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार १११.९६ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक २७८२.६० विन्दुमा बन्द भएको हो । आज १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
२० कम्पनीको सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको सेयर मूल्य घटेको छ । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य स्थिर छ ।
घटेको बजारमा तारागाउँ रेजेन्जी होटेल, आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएको छ । नेपाल फाइनान्सको सेयर मूल्य भने १० प्रतिशतले घटेर एक हजार ८२७ रुपैयाँ कायम भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये होटेल तथा पर्यटन समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । वाणिज्य बैंकिङ, डेभलपमेन्ट बैंक, लगानी र फाइनान्स समूहको परिसूचक चार प्रतिशतभन्दा बढीले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्