काठमाडौं, २१ साउन । पशुपतिस्थित आर्यघाटमा शव जलाउन तीन घण्टा लाइन बस्नुपर्ने भएको छ । आफन्त गुमाएको पीडासँगै मृतकका आफन्तले शव जलाउने ठाउँमा तीन घण्टा कुनुपर्ने सृजना भएको छ ।
हाल आर्यघाटमा ११ वटा शव जलाउने स्थान छन् । जसअनुसार १ नम्बरमा विशिष्ट व्यक्तिहरुको मात्र शव जलाउने गरिन्छ ।
दाउराबाट शव जलाउन महँगो र वातावरणीय दृष्टिकोणबाट पनि प्रदुषण हुने भएकाले पशुपति क्षेत्र विकास कोषले दुई बर्षबाट इलेक्ट्रोनिक शवदाह गृह सञ्चालनमा ल्याएको थियो ।
तर शवदाहगृह विगत एक महिनादेखि बिग्रिएका कारण आर्यघाटमा मृतकका आफन्तले तीन घण्टासम्म कुर्नुपरेको हो । नेपाल समाचारपत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्