समाचार

मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए



काठमाडौँ, १६ भदौ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

मुग्लिन प्रहरीका अनुसार आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका हून् । दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु सामान्य घाइते भएका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।