काठमाडौँ, १८ भदौ । गृह मन्त्रालयले नेपाल प्रहरीका ३ जना डीआइजीहरुको सरुवा गरेको छ ।
प्रदेश प्रहरी कार्यालय बागमतीमा कृष्णहरि शर्मा पोखरेललाई सरुवा गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा किरण राणा र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भरतबहादुर बोहरालाई काज सरुवा गरिएको छ । गृहमन्त्री रमेश लेखकले सोमबार डीआइजीहरुलाई काजमा सरुवा गर्ने निर्णय गरेका हुन् ।
डीआइजी विष्णु केसी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा भएपछि बागमती प्रदेशमा डीआइजीको पद रिक्त थियो । विमानस्थल र उपत्यका ट्राफिकमा पनि केही समयदेखि डीआइजी थिएनन् ।
प्रतिक्रिया दिनुहोस्