सम्पादकीय

अब सर्वसाधारण नागरिकले निजी हजाज किन्न पाउने



काठमाडौं, २२ साउन । नेपाल भ्रमणमा आउने कही विदेशी सेलिब्रेटी तथा धनाढ्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निजी जहाजमा ओर्लने गरेको समाचार हाम्रा लागि खासै नौलो होइन ।

उनीहरुले आफन्त तथा प्रेमी –प्रेमीकालाई उपहारमा जहाज तथा हेलिकोप्टर दिएको समाचारसमेत सञ्चारमाध्यमबाट सार्वजनिक भइरहन्छ । तर, नेपालमा भने अहिलेसम्म कसैको पनि निजी जहाज छैन ।

निजी जहाज खरिद गर्न पाइने कानून नभएका कारण पनि यस्तो सम्भव नभएको हो । तर, सरकारले निजी जहाज खरिद गर्न इच्छुक सर्वसाधारणका लागि अनुमति खुला गर्ने तयारी गरिरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले पहिलोपटक ‘हवाई उद्योग व्यवस्थापन नियमावली’को मस्यौदा तयार पारेर यसको कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाएको छ । नयाँ पत्रिकामा समाचार छ ।