राजनीति

लुम्बिनी प्रदेशसभाको बैठक भदौ २६ गते बस्ने



काठमाडौँ, २० भदौ । लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २६ गते बस्ने भएको छ ।

सो दिन लुम्बिनी प्रदेशसभा चौथो अधिवेशनको २९ औँ बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । 

सो बैठकमा प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई निर्णययार्थ प्रस्तुत गर्न सक्ने सम्मका सम्भावित कार्यसूची तय भएको जनाइएको छ ।