सम्पादकीय

अस्पताल नपुग्दै मर्छन् बिरामी



कालिकोट, २२ साउन । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका १ज्ञ की हरिशोभा बिकलाई सुतकेरी ब्याथाले च्याप्यो उनलाई तत्काल अस्पताल त पुर्रयाइयो तर ढिला भएका कारणने उनको मृत्यु भयो ।

साउन ६ गते रास्कोट नगरपालिका–७ की २० वर्षीया बिन्दा लुवारमा घरमा नै सुत्केरी भइन् । अत्याधिक रक्तश्राव भयो । अस्पताल पुर्रयाउँदा पुर्रयाउँदै उनको मृत्यु भयो ।

मुगु गोरु गाउँपालिका–६ का ३२ वर्षीय हर्क लावडको पेट दुखेपछि स्थानीयले उपचारका लागि जिल्ला अस्पतालसम्म पु¥याउनै पाएनन् । बाटोमै उनको मृत्यु भयो । यतिमात्र हैन, मगुको सोरु गाउँपालिका, जुम्लाको तिला गाउँपालिका र रास्कोट नगरपालिका, डिल्लीचौर, कालिकोटको खाँडाचक्र नगरपालिकामा बिरामीलाई अस्पताल पुर्रयाउन नसक्दा झनडै एक दर्जनको ज्यान गइसकेको छ । कारोबारमा समाचार छ ।