काठमाडौँ, २२ भदौ । उपसभामुख इन्दिरा रानाले वायु प्रदूषणसम्बन्धी नीति बनाइने बताएकी छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुला फोरममार्फत सांसदहरूसँग बसेर वायु प्रदूषण सम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताइन् ।
उनले जलवायु परिवर्तन र वायु प्रदूषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरूलाई धेरै असर परिरहेको भन्दै सोबारेमा बुलन्द आवाज उठाउनुपर्ने बताइन् । शिक्षामा समावेशी ढाँचा हुनुपर्ने बताइन् । उनले भनिन्, ‘शिक्षामा पनि हाम्रो इन्क्लुसिभ फ्रेमवर्क हुनुपर्छ । डिसेब्लिटिजलाई काउन्सिलिङ गर्नेदेखि लिएर उनीहरूलाई कस्तो किसिमको इन्भायरोमेण्ट चाहिन्छ ? त्यो उनीहरूको लागि पनि सोच्नुपर्छ । इँटाभट्टामा काम गर्ने मजदुरहरूको सन्तानले धेरै नै कठिनाइ भोग्नुपर्छ । स्मोकबाट जुन इँटाहरू बनाइन्छ, त्यसले डाइरेक्ट बच्चालाई इफेक्ट हुन्छ । विश्वकै आँकडा हेर्ने हो भने धुवाँ पोलुसनले गर्दा धेरै मानिसको मृत्यु भइरहेको छ । यस्तो कुरालाई चिरेर लैजानुपर्छ ।’
उनले भनिन्– ‘म अहिले लुज फोरममा एयरपोलुसनमा पोलिसी बनाउने भनेर लागिरहेको छु । टाइनी भेन्टिलेशनले गर्दा धेरै बच्चाहरूको मृत्यु भइरहेको छ । ज्येष्ठ नागरिकहरू, महिलाहरूलाई विभिन्न रोग लागेर मृत्यु भइरहेको छ । त्यो कुरालाई पनि ध्यान दिएर एयरपोलुसन, क्लाइमेट चेन्जलाई पनि हामीले आवाज बुलन्द रूपमा उठाउनु पर्नेछ । मैले पोलिसीको लागि पनि ड्राफ्ट गरिरहेको छु ।’
प्रतिक्रिया दिनुहोस्