काठमाडौँ, २३ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चाडपर्व सुरु हुनुअघिनै सडकका खाल्डाखुल्डी पुरिसक्न निर्देशन दिएको छ ।
आज मन्त्रालयमा आयोजित सरोकारवालाहरू बिचको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सम्बन्धित निकायलाई सडकका खाल्डाखुल्डी पुरिसक्न निर्देशन दिएका हुन् ।
जोखिम रहेका स्थानहरूमा सडक सुरक्षाका पूर्वाधारहरू निर्माण र मर्मत गर्न निर्देशन दिँदै उनले सवारी नियम उल्लङ्घन नियन्त्रण, दुर्घटना भई हाले उद्धार र अस्पताल सम्म पुर्याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्