मनोरञ्जन

नेताहरूले सन्तोषजनक काम गर्न नसक्दा जनतामा निराशा देखियो : राजेश हमाल



काठमाडौँ, २४ भदौ । अभिनेता राजेश हमालले नेपालमा राजनीतिक दलका नेताहरूले सन्तोषजनक काम गर्न नसक्दा जनतामा निराशा देखिएको बताएका छन् । 

काठमाडौँ कलिङ साहित्य महोत्सवको तेस्रो संस्करणको एक सत्रका क्रममा बोल्दै उनले दर्शकहरूले आफूलाई राजनीतिमा आइदिए हुन्थ्यो भन्ने अपेक्षा राख्ने गरेको पनि बताए ।

उनले भने, “यो हाम्रो राष्ट्रको विडम्बना हो । जो राजनीतिमा लागिरहनुभएको छ, उहाँहरूबाट खासै काम भएको छैन । उहाँहरू निराश हुनुहुन्छ । हरेक व्यक्तिले सम्भावना खोजिरहनुभएको हुन्छ । सम्भावना हरेक क्षेत्रबाट खोजिरहनुभएको हुन्छ, तर जसबाट अपेक्षा राखिएको छ उहाँहरूबाट खासै काम भएको छैन,” ।

उनले राजनीति मेरुदण्ड भएकाले यसले काम नगरे अरू अंगले काम नगर्ने बताए । “समाजले विभिन्न पेसामा लागेको व्यक्तिलाई त्यहाँ राम्रो गरेको देख्नुभयो भने राजनीतिमा अपेक्षा राख्नुहुँदो रहेछ । राजनीति भनेको मेरुदण्ड हो । मेरुदण्डले काम गरेन भने शरीरका अरू अंगले काम गर्दैनन्,” उनले भने ।