शैक्षिक

वीरगन्जमा हराएको ४८ घण्टापछि बच्चाको सकुशल उद्दार



पर्सा, २१ माघ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु चोरी गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आज आप्mनै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बच्चा चोरी गरेको अभियोगमा पक्राउ परेकी पर्साको बेलवा–९ निवासी लालसादेवी साहलाई सार्वजनिक गरेको हो ।

गत शुक्रबार वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रसूति वार्डको बेड नं ६५ बाट हराएको बच्चा लालसादेवीले चोरी ल्याएको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको मध्यक्षेत्रीय प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायले जानकारी दिए।

उनले विवाह भएको पाँच वर्ष बित्दासमेत आप्mनो सन्तान नभएका कारण अस्पतालबाट लालसादेवीले वीरगन्ज उपमहानगरपालिका–२ छपकैया निवासी मुकेश पासवानकी श्रीमती आशादेवी पासवानले जन्माएको बच्चा लालसा देवीले चोरी गरेको अनुसन्धानबाट खुलेको बताए ।

पक्राउ परेकी महिला लालसादेवीलाई कानुनबमोजिम कारबाही अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिइएको बताउँदै उपाध्यायले अस्पतालको सुरक्षा व्यवस्थालाई बलियो बनाउन चौबिसै घण्टा सादा पोसाकमा प्रहरी खटाउन पनि स्थानीय प्रहरी प्रशासनलाई आदेशसमेत दिएको सञ्चारकर्मीलाई बताए ।

घटनाको ४८ घण्टा नबित्दै बच्चाको सकुशल उद्धार र दोषी महिलालाई कानुनको दायरामा ल्याउन सफल भएका पर्साका प्रहरी उपरीक्षक गोविन्द साहलगायतका सुरक्षा अधिकारीलाई उपाध्यायले बधाई दिँदै उहाँले समाजमा भएका आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेपनि अपराध न्यूनीकरणका लागि समाजको सहयोग आवश्यक रहेको आवधारणा व्यक्त गरे।