काठमाडौँ, २५ भदौ । मकवानपुरको बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव मंगलबार बिहान फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रौतहटको चन्द्रपुर नगरपालिका–२, जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२, बकैया खोलाको बगरमा फेला परेको हो ।
उनको शव परीक्षणका निम्ति बाराको कलैयास्थित प्रादेशिक अस्पतालमा पठाइएको छ । मकवानपुरको बकैया गाउँपालिका–६, जसपालमा निर्माणाधीन द्रुतमार्गमा काम गर्दै आएका माझी बकैया–६, जुनाइस्थित खोला तर्ने क्रममा यही भदौ २१ गते अचानक बाढीले बगाउँदा बेपत्ता भएका थिए ।
इलाका प्रहरी कार्यालय निजगढको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा मंगलबार खोला किनारमा शव फेला परेको हो ।










प्रतिक्रिया दिनुहोस्