काठमाडौँ, २५ भदौ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धिको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्ने निर्देशन दिएका छन् ।
आज कर्मचारी सञ्चय कोषका अधिकारीसँगको छलफलमा बोल्दै उनले कर्मचारी सञ्चय कोषको सबैभन्दा ठूलो आधार र भविष्य सञ्चयकर्ता भएको उल्लेख गरे ।
उनले भने, “सञ्चय कोषप्रति सञ्चयकर्ताको विश्वास र भरोसा नटुटोस् भन्ने कुरामा ख्याल गर्नुहोला । कोषले सञ्चयकर्तालाई निपेक्ष रहने तहमा होइन, सञ्चयकर्तालाई आकर्षित गर्नुस्,” “सञ्चयकर्तालाई आकर्षित गर्दा क्षति/नोक्सानीको कोणबाट होइन, उपलब्धिको कोणबाट हेर्नुस् ।”
कोषले सकेसम्म न्यून जनशक्तिबाट अधिकतम काम गर्नुपर्नेमा उनले जोड दिए । उनले दक्ष र क्षमतावान् जनशक्तिलाई लिएर काम गर्न पनि निर्देशन दिए । “५०० दरबन्दीमा ३७१ ले काम गरिराख्नुभएको छ । कोषमा दरबन्दी धेरै भयो । ३७१ कर्मचारीले गर्नुभएकै छ,” उनले भने, “कोष ओएमएनमा जानुपर्छ । दरबन्दी आवश्यकताअनुसार घट्ने र बढ्ने गर्छ ।”
प्रतिक्रिया दिनुहोस्