समाचार

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध



काठमाडौँ, २७ भदौ । अविरल वर्षाका कारण पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१, गगने खोला र एस मोडमा बुधबारदेखिको अविरल वर्षाका कारण पहिरो आएर सडक अवरुद्ध भएको हो ।

उक्त क्षेत्र निरन्तर पहिरो आइरहने क्षेत्र हो । कालिकोट प्रहरीले  सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ । 

अवरुद्ध क्षेत्रमा पहिरो पन्छाउने काम भइरहेको छ । तर लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।