विश्व

अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने



काठमाडौँ, २८ भदौ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख)मा विजयादशमी मनाउनुपर्ने जनाएको छ ।

वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा विजयादशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा असोज २७ गते मान्यजनका हातबाट दसैँको टीका लगाउनुपर्ने जनाएको हो ।

अष्ट्रेलियामा मनाइने विजयादशमी पर्वको दशमी तिथि उदयकालीन २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) भएकाले अष्ट्रेलियामा यसै दिन विजयादशमी (टीका) ग्रहण गर्नुपर्नेछ । नेपालमा २०८१ असोज २६ गते (२०२४ अक्टोबर १२ तारिख) सूर्योदयकालीन दशमी तिथि भएको र २७ गते सूर्योदयकालमा दशमी तिथि नहुनाले नेपालमा असोज २६ गते नै विजयादशमीे मनाउनुपर्ने समितिले जनाएको छ ।