सम्पादकीय

एक सय ४५ को जीवनलीला टुंगिएको ठाउँ



सिन्धुपाल्चोक, २३ साउन । २०७१ साल साउन १७ गते राति जुरेमा पहाडै खस्यो । राम्चेको इटिनी भीर खस्दा मांखा कागुने, ड्यामसाइड र टेकानपुरका १ सय ४५ ले ज्यान गुमाए । कति घाइते र अंगभंग भए ।
सयौंको घरबास खोसियो । पहाड नै खसेपछि १४ घण्टासम्म सुनकोसी थनियो । १४ घण्टा सुनकोसी बगेन, जुरेमा आँसु मात्र बगिरह्यो । १ सय ४५ जनाको जीवनलीला समाप्त पार्ने गरी जुरेमा पहाड खसको तीन वर्ष भएको छ ।

तीन वर्षकाबीच सुनकोसीमा धेरै पानी बगिसकेको छ, पहिरोले उजाड बनाएका भीरपाामा रुखबिरुवा पलाईसकेका छन् । तर, पहिरोका पीडित÷विस्थापितका मुहारमा खुसी फर्किएको छैन अझै । पहिरोले विस्थापित बनाएकाहरु अझै पनि विस्थापित जीवन बिताइरहेका छन् ।

उनीहरु पहिलेकै जग्गाजमिनमा फर्कन सकिरहेका छैनन् । बरु पहिरोमा रुख पलाइसक्यो तर पीडित विस्थापितको जीवनमा खुसी पलाउन सकेन । नेपाल समाचारपत्रमा समाचार छ ।