काठमाडौँ, २८ भदौ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनीय सुधार हुने गरी काम गर्न निर्देशन दिएका छन् ।
आज लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत अवलोकनका क्रममा उनले सरुवाबढुवा वा अरू कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न कोही नआउन पनि आग्रह गरे ।
उनले भने, “कोही पनि साथीहरू सरुवाबढुवा, अरू कुनै प्रयोजनका निम्ति मन्त्रीकहाँ नआउनु होला,” “मन्त्रीको एउटा मात्रै रुचि र एउटा मात्रै चासो छ कि हाम्रो कर प्रशासनमा उल्लेखनीय सुधार होस् । र, लक्ष्य पूरा होस् ।”
उनले सरकारले लिएको राजस्व संकलनको लक्ष्य पूरा गर्न आवश्यक सहयोग उपलब्ध गराइने सुनाए । आन्तरिक राजस्व रणनीति कार्यान्वयनका निम्ति उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस्