काठमाडौँ, २९ भदौ । तुलसीपुरको टरिगाउँ विमानस्थलमा मंगलबार पनि हवाई उडान हुने भएको छ ।
यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मंगलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमले जनाएको छ ।
निगमका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मंगलबार दिउँसो २ बजे उडान भर्नेछ । दसैँ तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएको हो ।










प्रतिक्रिया दिनुहोस्