समाचार

झापाको एक जनाको हत्या



काठमाडौँ, २९ भदौ । झापाको अर्जुनधारा नगरपालिकामा एक जनाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार राति अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा इलाम सूर्योदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया मनिषा लाहोरको छुरा प्रहार गरी हत्या गरिएको छ ।

लोहोर हत्याको आरोपमा कैलाली गौरीगञ्ज नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ । लोहारलाई पटकपटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । छुरा प्रहारबाट घाइते लोहारको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।