अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३० भदौ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५६ हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर प्रतितोला १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।