Banner News

संविधानको मर्मअनुरुप दबाबमा नपरि क्षेत्र निर्धारण गर्न एमालेको आग्रह



काठमाडौँ, २३ साउन । नेकपा एमाले ले निर्वाचन क्षेत्र निर्धारणको काम अघि बढिरहेको सन्दर्भमा जनसंख्या, भौगोलिक अनुकूलता र विशिष्टता सन्तुलितरुपमा प्रतिबिम्वित हुने गरी क्षेत्र निर्धारण गर्न आग्रह गरेको छ ।

पार्टी कार्यालय धूम्रबाराहीमा हिजो बसेको स्थायी समितिको बैठकले कुनै पनि प्रकारको दबाबमा नपरी नेपालको संविधानको व्यवस्था, मर्म र भावनाअनुरुप स्वतन्त्ररुपमा काम गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई आग्रह गरेको हो ।

साथै, बैठकले आयोगलाई संविधानको व्यवस्थाअनुरुप स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न सक्ने वातावरण कायम राख्न नेपाल सरकारसँग समेत माग गरेको छ । त्यसैगरी, बैठकले जिल्ला समन्वय समितिको निर्वाचनमा धनकुटाको प्रमुखमा टंकबहादुर चौहान र उपप्रमुखमा बंगलाकुमारी राई वान्तवा लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बैठकले मोरङ जिसस प्रमुखमा नरेश पोखरेल र गुल्मी जिसस प्रमुखमा लक्ष्मण पराजुली र उपप्रमुखमा तुलसा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गर्नुका साथै प्रदेश नं ५ संगठन कमिटीको सदस्यमा गिरिराज केसी ९दाङ० र कृष्ण पोखरेल रुपन्देही लाई मनोनयन गरेको छ ।