अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३१ भदौ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५७ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १९ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।