समाचार

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन



काठमाडौँ, ३१ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ ।

प्रहरीका आइतबार राति करिब ७ः२० बजे इच्छाकामना गाउँपालिका–६, नौ किलोमा सडक चिरा परी छेउमा लगाएको जालीको भाग भाँसिएको थियो । 

सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो । रातिदेखि एकतर्फी सञ्चालन हुँदै आएकोमा मर्मतपछि आज बिहान १०ः४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।