राजनीति

सहकारी समितिको प्रतिवेदनमा हस्ताक्षर



काठमाडौँ, ३१ भदौ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पूर्णता पाएको छ ।

तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै आज हस्ताक्षर भएको हो ।  

आज बसेको बैठकबाट हस्ताक्षर भएसँगै आजै प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस हुनेछ । समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर) मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो । समितिले रास्वापा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पनि बयान लिएको थियो ।